प्रेस विज्ञप्ति
भक्तपुर । रोटरी क्लब अफ भादगाउँले सल्लाघारी, भक्तपुरमा निर्माण गरेको नयाँ प्रहरी बिट भवन मंसिर १३ गते, शनिबार, बिहान ८:३० बजे औपचारिक रूपमा स्थानीय प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ। समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमेश ढकाल ज्यु रहनुभएको थियो।
सामुदायिक सुरक्षा सेवामा सुधार ल्याउने लक्ष्यका साथ क्लबले निर्माण गरेको उक्त भवन हस्तान्तरणसँगै प्रहरी सेवाप्रवाह थप सहज, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमलाई स्थानीय प्रहरी प्रशासन, समुदायका अगुवाहरू, विभिन्न संस्थाका प्रतिनिधि तथा रोटरी क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति र समर्थनले अझ अर्थपूर्ण बनाएको थियो।
रोटरी क्लब अफ भादगाउँले विगतदेखि नै सामुदायिक विकास तथा सार्वजनिक सेवा अभिमुख परियोजनालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ। समाज र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने क्लबको प्रतिबद्धता आजको कार्यक्रममा पुनः व्यक्त गरिएको छ।
प्रहरी बिट भवन निर्माण तथा हस्तान्तरण कार्यलाई सफल बनाउन सहयोग गर्ने सबै प्रति क्लब परिवारले हार्दिक धन्यवाद व्यक्त गर्दछ।
रोटरी क्लब अफ भादगाउँ
भक्तपुर



